
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) को विवादकाे छिनाेफानाे गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ ।राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार जसका दुबै पक्षले आफूहरु नै आधिकारि भएको दाबी गर्दै मिलेर बस्न नसक्ने भनेपछि आयोगले सुनुवाइ प्रक्रिया सुरु गर्न इजलास नै गठन गरेको हो ।
बुधबार बसेको आयोग पदाधिकारीहरुको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ। आयोगले विवाद निरुपण गर्न सुनुवाईका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय गरेको छ । आयोगले यदि कानुन व्यवसायी राख्ने भए साथै ल्याउन पनि दुबैपक्षलाई भनेको छ ।अाेली सरकारमा सहभागी हुने विषयले जसपाकाे महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष विभाजनकाे स्थितिमा पुगेका हुन् ।