महिलाहरुलाई घरबाहिर ननिस्कन तालिवानको निर्देशन

NepalOm ३ वर्ष अघि
  • एजेन्सी : अफगानिस्तानमा विभिन्न पेशा र व्यवसायमा आवद्ध महिलाहरुलाई तालिवानले तत्काल कामका लागि घर बाहिर ननिस्कन निर्देशन दिएको छ । तालीवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी महिलाहरुको सुरक्षा सुनिश्चत नभएसम्म घर बाहिर ननिस्कन निर्देशन दिएका हुन् ।

    संयुक्त राष्ट्रसंघले हालै अफगानिस्तानको पछिल्लो स्थितिको विश्लेषण गरी त्यहाँका महिलाहरु असुरक्षित रहेको बताएपछि तालीवाानको तर्फबाट यस्तो निर्देशन आएको हो । राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त मिशेल बाचेलेटले अफगानी महिलाहरु आधारभुत रातो घेरा भित्र रहेको दाबी गरेका थिए ।

    तालीवान प्रवक्ता मुजाहिदले अमेरिकाले बिना कारण अफगान नागरिकहरुलाई देश छोड्न प्रोत्साहित गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न चेतावनी समेत दिएका छन् । अफगानिस्तामा कोही पनि असुरक्षित नरहेको भन्दै उनले अमेरिकाले उद्धार कार्य तत्काल बन्द गर्न पनि भनेका छन् ।