nepalom.com
विश्वेश्वर प्रसाद कोइराला इसं१९१४ २१ जुलाई १९८२ नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार थिए । उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरे । नेपाली भाषा साहित्यमामा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे । कोइरालाको बाबुको नाम कृष्णप्रसाद कोइराला हो।
विश्वेश्वर प्रसाद राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भयो। आन्दोलनमा लागेकै कारण विश्वेश्वर प्रसाद र उनका दाइ मातृकाप्रसाद कोइरालालाई इ।सं। १९३० मा तीन महिनासम्म बेलायती सरकारले कैद गर्यो । यसपछि नै उनको राजनीतिक जीवनको शुरुवात भयो । १९३२ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरे । त्यसपछि बनारस हिन्दू विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर पूरा गरे । अध्ययन पूरा गरे पछि दार्जीलिङमा बसेर धेरै समयसम्म कानून व्यवसाय काम गरे। विद्यार्थी हुँदापनि उनी राजनीतिमा नजिक रहेका थिए। इ।सं। १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गर्यो। त्यहाँबाट छुटेपछि उनले इ।सं। १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो।
सन् १९४७ मा बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गर्यो । इ।सं। १९५१ मा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक संघर्ष सुरू गरे। अक्टोबर १९५१ मा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । त्यस पछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बने।
इ।सं। १९५९ मा भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेसले विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरे । उनको सरकार १८ महिना मात्र सरकारमा रह्यो ।
वि।सं। २०१७ साल पुस १ ९१५ डिसेम्बर १९६०० गते राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान, सरकार तथा कोइरालाको सरकार भंग गरे । त्यसपछि उनलाई कैद गरियो र कुनै मुद्दा बिना नै ८ वर्षसम्म कैदमा राखियो । इ।सं। १९६८ उनलाई बनारस निर्वासनमा जान दिइयो । इ।सं। १९७६ मा उनी नेपाल फर्के तर तत्कालीन नेपाल सरकारले उनलाई देश द्रोहको अभियोगमा कैद गर्यो । अन्तर्राष्ट्रिय दबाबका कारण १९७८ मा उनका बिरूद्ध लगाईएका सबै अभियोगहरू सरकारले फिर्ता लियो । १९७९ को ९२०३६ सालको आन्दोलन० बेला उनलाई आफ्नै निवासमा नजर बन्द गरेर राखिएको थियो । उनको मृत्यु २१ जुन १९८२ मा काठमाडौँमा भयो ।