नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटियो

Lok Bhatta ३ वर्ष अघि
  • नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जनामा ओमिक्रोनको संक्रमण देखिएको जानकारी दिएको छ। 

    मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले दिएको जानकारी अनुसार एकजना विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का एक नेपालीमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार नयाँ भेरियन्ट देखिएका दुवै जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका थिए ।