नरकको झल्को दिने संसारकै अचम्मको मन्दिर

Lok Bhatta ३ वर्ष अघि
  • थाइल्याण्डमा एउटा यस्तो मन्दिर छ, जसले हिन्दू सभ्यता र संस्कृतिको प्रभाव झल्काउँछ । तर मन्दिरमा जाँदा त्यहाँका मूर्तिहरू देखेर डर लाग्न सक्छ ।

    प्राय मानिसहरु आफ्नो मनोकामना पूरा गर्न, कीर्तन–सत्संगमा भाग लिन, कुनै गल्ती भएमा क्षमा माग्न वा दान गर्न मन्दिरमा जान्छन । मन्दिर यस्तो ठाउँ हो जहाँ गएर आराम मिल्छ । भनिन्छ पुरातन समयमा वास्तुशास्त्रले पृथ्वीमा ऊर्जाको सकारात्मक केन्द्रहरू फेला पारेको थियो र त्यहाँ मन्दिरहरू स्थापना गरेको थियो ।

    मन्दिर दर्शनसँग सम्बन्धित धेरै धार्मिक र वैज्ञानिक मान्यताहरू छन् । नाङ्गो खुट्टा मन्दिर गएर उच्च रक्तचापको समस्या नियन्त्रण हुने वैज्ञानिकहरुको विश्वास छ । यो खुट्टामा अवस्थित एक्यूप्रेसर बिन्दुहरूमा दबाबको कारण हो ।

    यसरी मन्दिरमा जाँदा हाम्रो पीडा समाप्त हुन्छ र सुखद अनुभव हुन्छ । र मानिस पनि मरणोपरान्त स्वर्ग जान चाहन्छ । तर के तपाईलाई थाहा छ थाइल्याण्डको राजधानी बैंककमा यो संसारको एक मात्र मन्दिर हो जसलाई ‘हेल टेम्पल’ भनिन्छ । यो नरक मन्दिर बैंककबाट करिब ७०० किलोमिटर टाढा चियाङ माई सहरमा बनेको छ । यो मन्दिर निर्माणको प्रेरणा सनातन र बौद्ध धर्मबाट लिइएको हो ।

    यो मन्दिर निर्माण गर्ने विचार एक बौद्ध भिक्षु ‘प्रा क्रु विसञ्जलिकन’ को थियो । यस मन्दिरको माध्यमबाट उहाँले मानिसहरूलाई नराम्रो कर्म र पापहरूको परिणाम पनि नराम्रो हुन्छ भनेर सचेत गराउन चाहनुहुन्थ्यो । यस मन्दिरमा रहेका मूर्तिहरू देख्दा साँच्चै नरकमा दिइने यातना देखेझैं लाग्छ ।

    मानिसहरू यस मन्दिरमा देवी–देवता हेर्न होइन, यहाँ बनाइएका नरकको पीडाबाट प्रेरित भएर मूर्तिहरू हेर्न आउँछन् । थाइल्यान्डका स्थानीय बासिन्दाहरू पनि एक पटक यो नरक मन्दिरमा जाँदा पापको प्रायश्चित हुने विश्वास गर्छन् ।