स्वीट्जरल्याण्डले कफिन आकारको मेसिनलाई कानुनी स्वीकृति दिएको छ । यो मेसिनको सहायताले मानिसले १ मिनेटमै बिना पीडा शान्तिपूर्वक मृत्युलाई अँगाल्न सक्नेछन् । यो मेसिन बनाउने कम्पनीले यो जानकारी दिएको हो । मेसिन भित्र अक्सिजनको स्तर निकै कम हुने भएकाले हाइपोक्सिया र हाइपोक्याप्नियाका कारण मानिसको मृत्यु हुने बताइएको छ ।
यो मेसिन भित्र बसेर पनि चलाउन सकिन्छ । रोगका कारण बोल्न वा हिँडडुल गर्न नसक्ने बिरामीका लागि यो मेसिन उपयोगी छ । प्रयोगकर्ताले यो मेसिनलाई आफ्नो मनपर्ने ठाउँमा लैजानुपर्छ । मेसिनको डिग्रेडेबल क्याप्सुललाई त्यसपछि अलग गरिन्छ ताकि यसलाई कफिनको रूपमा प्रयोग गर्न सकिन्छ ।
आत्महत्या गर्ने मेसिन बनाउने आइडिया गैरनाफामूलक संस्था एग्जिट इन्टरनेशनलका निर्देशक र ‘डक्टर डेथ’ भनिने डाक्टर फिलिप नित्स्केले दिएको बताइएको छ ।
स्विट्जरल्याण्डमा असिस्टेड आत्महत्यालाई कानुनी मानिन्छ, र गत वर्ष १३०० मानिसहरूले आत्महत्या गर्न सेवा प्रयोग गरेका थिए । अप्रत्याशित कठिनाइ नआए अर्को वर्ष अर्को मेसिन देशलाई उपलब्ध गराउने डाक्टर डेथले बताए । यो अहिलेसम्म धेरै महँगो परियोजना भएको छ तर हामी ढुक्क छौं कि हामी यसको कार्यान्वयनको धेरै नजिक छौं ।