आजसम्म हामी सबैले सुन्दै आएका छौँ कि राजा दशरथका ४ सन्तान थिए, जसमध्ये श्रीराम जेठा थिए । तर यथार्थमा राजा दशरथ ४ जना होइन ५ सन्तानका पिता थिए । उनको पाँचौं सन्तानको उल्लेख न वाल्मीकि रामायणमा छ न रामचरितमानसमा छ । तर दक्षिण भारतमा प्रचलित रामायण कथामा राजा दशरथको पाँचौं सन्तानको उल्लेख गरिएको छ ।
दक्षिण भारतमा प्रचलित रामायण कथा अनुसार राजा दशरथको जेठो सन्तान एक छोरी थिइन, जो भगवान रामभन्दा जेठी थिइन् । उनको नाम शान्ता देवी थियो र उनी राजा दशरथ र माता कौशल्याकी छोरी थिइन ।
राजा दशरथकी छोरीसँग सम्बन्धित राचक कथा
पौराणिक कथा अनुसार राजा दशरथकी छोरी शान्तादेवीको जन्म हुँदा अयोध्यामा अनिकाल परेको थियो । १२ वर्षसम्म भोकमरीको अवस्था थियो । जसका कारण जनताले निकै सास्ती खेप्नु परेको थियो । त्यसपछि चिन्तित राजा दशरथले शान्तालाई दान दिएमा भोकमरीको अवस्था निको हुनसक्छ भनी सल्लाह भयो । प्रजाको कल्याणका लागि राजा दशरथ र कौशल्याले आफ्ना सन्तान नभएका कारण आफ्नी प्यारी र गुणी छोरी अंगदेशका राजा रोमपद र वर्षिनीलाई दान दिए ।
वर्षिनी माता कौशल्याकी बहिनी थिइन् । राजा रोमपद र वर्षिनीले शान्तालाई धेरै मायापूर्वक पालनपोषण गरे र त्यसपछि शान्तालाई अयोध्या होइन अंगदेशकी राजकुमारी भनिन थालियो । ठूलो भएपछि उनको विवाह श्रृङ्गी ऋषिसँग भयो । भनिन्छ, अयोध्या छाडेपछि शान्ता त्यहाँ फर्केर आइनन् । उनी रोमपद र वर्षिनीकी छोरी भनेर चिनिन थालिन् । यसै कारणले आज पनि राजा दशरथका सन्तानमध्ये ४ छोरा मात्रै गनिन्छन् । जसमा श्रीरामलाई जेठा भनिन्छ ।
कुल्लुबाट ५० किलोमिटरको दुरीमा अझै पनि शान्तादेवीको मन्दिर छ । त्यहाँ पति श्रृङ्गी ऋषिसँगै देवीको मूर्ति स्थापना गरिएको छ । यहाँ टाढा टाढाबाट भक्तजनहरु आएर माता शान्ता देवी र श्रृङ्गी ऋषिको पूजा अर्चना गर्दछन् । यहाँ शान्तादेवीको पूजाआजा गर्नाले भगवान श्रीरामको कृपा प्राप्त हुने र साँचो मनले मागेको हरेक मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ ।