सेतुबन्धासनस् : यसका लागि सबैभन्दा पहिले आफ्नो पिठ्युँ भुँइतिर पारेर सुत्नुहोस् र आफ्नो दुवै खुट्टा कम्मरतिर तान्नुहोस् दुवै खुट्टाको बीचमा अलिकति दूरी राख्नुहोस र हातले खुट्टा समात्नुहोस् र सकेसम्म कम्मर उठाउने प्रयास गर्नुहोस । यस बीचमा, आफ्नो टाउको र काँधहरू भुइँमा राख्नुहोस र यसो गर्दा तपाइँको चिउँडो तपाइँको छाती छोएको हुनुपर्छ ।
केही समय यो स्थितिमा रहनुहोस सामान्य रूपमा सास फेर्नुहोस् । त्यस पछि सामान्य मुद्रामा फर्कनुहोस यो अभ्यास एक पटकमा ४ देखि ५ पटक दोहोर्याउनुहोस् । यसले आलस्य मात्र हटाउँदैन, ढाड दुखाइमा पनि राहत दिन्छ, पेटको बोसो घटाउँछ । व्यक्ति फुर्तिलो हुन्छ र मांसपेशी बलियो हुन्छ ।
धनुरासन : यस आसनमा व्यक्तिको मुद्रा धनुको जस्तै हुन्छ । यसका लागि सबैभन्दा पहिले पेटतिर सुत्नुपर्छ । यसपछि, आफ्नो घुँडा झुकाउनुपर्छ र कम्मरको नजिक ल्याउनुपर्छ र आफ्नो हातले दुवै खुट्टा समात्नुपर्छ । आफ्नो टाउको, छाती र तिघ्रालाई माथि उठाउनुपर्छ र पेटको तल्लो भागमा शरीरको तौल लिने प्रयास गर्नुपर्छ । खुट्टा समातेर शरीरलाई अगाडि तान्न प्रयास गर्नुपर्छ । आफ्नो क्षमता अनुसार केही समय यस स्थितिमा बसेपछि सामान्य मुद्रामा फर्कनुपर्छ ।
यो आसनले मांसपेशी लचिलो बनाउँछ । महिनावारीको अनियमितता हटाउँछ, आलस्य हटाउँछ र डिप्रेशन र पेटसम्बन्धी समस्यालाई हटाउँछ ।
बालासन : बालासन गर्न खुट्टा झुकाएर वज्रासनमा बस्नुपर्छ । यसपछि श्वास लिने क्रममा दुवै हातलाई माथि लैजानुपर्छ र श्वास छोड्दा अगाडि झुकाउनुपर्छ । तपाईको छातीले तिघ्रालाई छुनु पर्छ र निधारले भुइँ छुने प्रयास गर्नुपर्छ । केही समय यस आसनमा बसेपछि सामान्य रूपमा सास फेर्न जारी राख्नुपर्छ ।
त्यस पछि सामान्य मुद्रामा फर्कनुपर्छ यो पनि एक पटकमा ४ देखि ५ पटक गर्नुपर्छ । बालासन गर्नाले तिघ्रा, कम्मर र खुट्टामा बल आउँछ । शरीरमा रक्तसञ्चार राम्रो हुन्छ, पेटको समस्या कम हुन्छ र शरीर चुस्त हुन्छ ।