नम्रता बनिन ओशो सन्यासी

Lok Bhatta ३ वर्ष अघि
  • चर्चित मोडेल तथा नायिका नम्रता सापकोटा ओशो सन्यासी बनेकी छिन् । नागार्जुनस्थित ओशो तपोवनमा शनिबार उनी सन्यासी बनेकी हुन् ।

    आफ्नो व्यस्त जीवनलाई छोडेर केही दिन योग, ध्यान र अध्यात्ममा हराउनको लागि सापकोटा पाँचदिनको लागि तपोवनमा छिन् ।

    नायिका शोभिता सिमखडा र संचारकर्मी निराजन भण्डारीको साथमा नम्रता सापकोटा

    ओशोको जन्मदिन डिसेम्बर ११ अर्थात शनिबार को शुभदिनमा उनले बोधिसत्व स्वामी आनन्द अरुणबाट ओशोको दिक्षा लिएकी हुन् ।

    बोधिसत्व स्वामी आनन्द अरुणबाट दिक्षा लिदै नम्रता सापकोटा


    दिक्षा ग्रहणपछि खुसी साँट्दै उनले लामो समय देखि आफू ओशोलाई पढ्दै आइरहेको भएपनि बल्ल आएर ओशो सन्यासी हुने साइत जुरेको भन्दै सन्यासको क्षणको चरम आनन्द शब्दमा व्यक्त गर्न नसकिने बताइन ।

    तपोवनमा खुसी मुद्रामा नम्रता सापकोटा


    अभिनय र सुन्दरतामा अब्बल सापकोटाले कयौं नेपाली चलचित्रहरुमा अभिनय गरिसकेकी छिनभने सयौं म्युजिक भिडियोमा उनलाई देख्न सकिन्छ ।

    ओशो तपोवनमा नायिका शोभिता सिमखडा सँग नम्रता सापकोटा