उम्मेदवारी फिर्ता लिने ५७ जना, निर्वाचन समितिले सच्यायो सूची

Lok Bhatta ३ वर्ष अघि
  • काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय सकिएको छ ।

    निर्वाचन समितिका अनुसार थप गरिएको समय दिउँसो १ बजेसम्म पदाधिकारी सहित ५७ जनाले मनोनयन फिर्ता लिएको छ । प्रारम्भमा ६० जनाले फारम भरे पनि हस्ताक्षर गर्ने बेलासम्म ५७ जनामात्रै भएको समितिले भनाई छ ।

    शनिबार भएको मनोनयन दर्ताका क्रममा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका थिए । जस मध्ये एक सय ३४ केन्द्रीय कमिटीका लागि थिए । र आइतबार दिउँसो सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरीले मनोनयन फिर्ता लिएका छन् ।

    सभापति शेरबहादुर देउवाको आग्रहमा सुरेन्द्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उमाकान्त कृष्णप्रसाद सिटौला पक्षबाट सहमहामन्त्रीको उम्मेदवार बनेका हुन् ।

    पदाधिकारीबाहेक ५५ जना केन्द्रीय सदस्यका प्रत्यासीले उम्मेदवारी फिर्ता लिएका छन् भने कांग्रेसमा खुला, आरक्षित, महिला, दलित, मुसलमान, पिछडिएको क्लस्टरतर्फका गरेर ५५ जना केन्द्रीय सदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् ।