संसारकै धनी मान्छेको आफ्नो घर छैन् : रोचक कथा

Lok Bhatta ३ वर्ष अघि
  • टेस्लाका संस्थापक एलोन मस्कलाई टाइम म्यागजिनले वर्षको उत्कृष्ट व्यक्ति घोषित गरेको छ । टाइम म्यागजिनका अनुसार विश्वको सबैभन्दा धनी व्यक्तिको आफ्नै घर छैन, तर उनीसँग अन्तरिक्षमा पहुँच छ ।

    टाइम म्यागजिनले सन् १९२७ मा पर्सन अफ द इयर छनोट गर्न थाल्यो । यसपटक मस्क रोज्नुको कारण उनको अन्तरिक्ष प्रविधिलाई नयाँ आयाम दिनु हो । मस्क टेक्नोलोजीको मामलामा सधैं अगाडि छन्।

    मस्कको अहिलेसम्मको यात्रामा यस्ता धेरै कुरा छन् जुन अचम्म र रोचक छन्, जान्नुहोस् उनको जीवनसँग सम्बन्धित रोचक तथ्य –

    पहिलो कमाई १२ वर्षको उमेरमा भएको थियो

    टेस्लाका सीईओ एलोन मस्क सानैदेखि कम्प्युटर प्रोग्रामिङतर्फ झुकाव राख्थे । प्रविधिप्रतिको लगावका कारण मस्कले १२ वर्षको उमेरमा विज्ञान कथामा आधारित भिडियो गेम बनाएका थिए । यो गेम एक कम्पनीलाई बेचेर मस्कले ३७ हजार रुपैयाँ कमाए । यसरी एलोन मस्कको करियर सानै उमेरमा सुरु भएको थियो ।

    ३ देशको नागरिकता लिए ८ कम्पनी खोले

    एलोन मस्कको जन्म २८ जुन १९७१ मा प्रिटोरिया, दक्षिण अफ्रिकामा भएको थियो । १७ वर्षको उमेरमा उनी क्यानडा गए र क्विन्स युनिभर्सिटीमा भर्ना भए, तर दुई वर्षपछि उनी यहाँबाट सरुवा भए, पेन्सिलभेनिया विश्वविद्यालयबाट स्नातक पूरा गरे र थप अध्ययनका लागि क्यालिफोर्निया गए । उनीसँग दक्षिण अफ्रिका, क्यानडा र अमेरिका यी तीन देशको नागरिकता छ ।

    मस्कले सुरु गरेका ८ कम्पनीमा टेस्ला, स्पेसएक्स, हाइपरलूप, ओपनएआई, न्यूरालिङ्क, द बोरिङ कम्पनी, जिन २ र पे पल रहेका छन् ।

    मस्कलाई सानै उमेरदेखि प्रविधिप्रति कत्तिको लगाव थियो भन्ने एउटा उदाहरण उनले ९ वर्षको उमेरमा पूरै इन्साइक्लोपीडिया ब्रिटानिका पढेका थिए । सानै उमेरमा कम्प्युटर कोडिङ सिके र ब्लास्टर नामको भिडियो गेम बनाए ।

    एक रिपोर्टका अनुसार मस्कलाई स्कुलमा पढ्दा उनका साथीहरूले दुव्र्यवहार गरेका थिए । एक साथीले उनलाई यति धेरै कुटे कि उनलाई अस्पताल लैजानुप¥यो, त्यसपछि मस्कले १५ वर्षको उमेरमा मार्सल आर्ट सिके ।

    कम्पनी खोल्न विश्वविद्यालय छोडे

    मस्क सानैदेखि प्रविधि र व्यवसायमा झुकाव राख्थे । आफ्नो कम्पनी जीप २ कर्पोरेशन सुरु गर्ने तयारी गर्दा उनले स्ट्यानफोर्ड विश्वविद्यालयमा एनर्जी फिजिक्समा पीएचडी गर्न भर्ना गरेका थिए । तर कम्पनी खोल्न उनले विश्वविद्यालय छोडे । एउटा विशेष कुरा के छ भने एलोन मस्क रकेट निर्माता स्पेसएक्समा सीईओ छन् तर तलब भने लिँदैनन् ।

    एलोन मस्कले आफ्नो धेरै सम्पति बेचिसकेका छन् । जसमा उनको घर पनि परेको छ । अहिले मस्कसँग घर छैन, उनी भाडामा बस्छन् । उनले किन यस्तो गरे भन्ने प्रश्नको जवाफमा मस्क भन्छन्, ‘सन् २०५० सम्ममा १० लाख मानिसलाई मंगल ग्रहमा पठाउन चाहन्छु । त्यहाँ एउटा उपनिवेश स्थापना गर्न चाहन्छु । त्यही भएर उनी आफ्नो सम्पति बेचिरहेका छन् । भविष्यमा पनि आफूसँग घर नराख्ने उनको भनाइ छ ।