
अमेरिकी अन्तरिक्ष एजेन्सी नासा (नेशनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेशन) को अन्तरिक्ष यानले सूर्यलाई छोएर इतिहास रचेको छ । यो असम्भव मानिएको उपलब्धि हो । इतिहासमा पहिलो पटक अन्तरिक्ष यानले सूर्यको कोरोनालाई छोएको छ । जसको वायुमण्डल लगभग २० लाख डिग्री फरेनहाइट रहन्छ । यसलाई सौर्य विज्ञान र अन्तरिक्षको संसारमा नासाका लागि ठूलो कदम मानिएको छ । यस स्पेसक्राफ्टको नाम पार्कर सोलार प्रोब हो ।
पार्कर सोलार प्रोब २८ अप्रिलमा सूर्यको माथिल्लो वायुमण्डलमा सफलतापूर्वक प्रवेश र टेक अफ भएको थियो । त्यसपछि फायरबल (सूर्य) को सतहमा कणहरू र चुम्बकीय क्षेत्रहरूको नमूना लिइएको थियो । हार्वर्ड र स्मिथसोनियन को खगोल भौतिकी केन्द्रका सदस्यहरू सहित वैज्ञानिकहरू र इन्जिनियरहरूको ठूलो मात्रामा सहकार्यका कारण यो सफलता सम्भव भएको हो।
यो कप एक मात्र उपकरण हो जसले सूर्यको वायुमण्डलबाट कणहरू सङ्कलन ग¥यो, जसले वैज्ञानिकहरूलाई अन्तरिक्ष यानले वास्तवमा कोरोना पार गरेको प्रमाणित गर्न मद्दत गर्दछ । सीपीयुले सङ्कलन गरेको तथ्याङ्क अनुसार गत अप्रिल २८ मा अन्तरिक्ष यान पाँच घण्टामा तीन पटक कोरोना प्रवेश गरेको थियो ।
ऐतिहासिक उपलब्धिको वर्णन गर्ने एक वैज्ञानिक पेपर फिजिकल रिभ्यु लेटरमा प्रकाशित भएको छ । जसमा सीएफए एस्ट्रोफिजिस्ट एन्थोनी केसले सोलार प्रोब कप आफैंमा इन्जिनियरिङको एउटा अविश्वसनीय उपलब्धि हो भनेर वर्णन गरे ।
गर्मीबाट जोगाउन, उपकरण टंगस्टन, निओबियम, मोलिब्डेनम र नीलमणि जस्ता उच्च पग्लने बिन्दुहरू भएका सामग्रीबाट बनाइएको थियो । पृथ्वीको विपरीत, सूर्यको कुनै ठोस सतह छैन । तर यसमा अत्यन्तै तातो वातावरण छ, गुरुत्वाकर्षण र चुम्बकीय बलहरूद्वारा सूर्यमा बाँधिएको सौर्य पदार्थले बनेको छ ।
एकै समयमा, कोरोना सूर्यको वायुमण्डलको सबैभन्दा बाहिरी तह हो, जहाँ बलियो चुम्बकीय क्षेत्रहरूले प्लाज्मालाई बाँध्छ र सौर्य वायुलाई बाहिर निस्कनबाट रोक्छ । नासाका अनुसार पार्कर सोलार प्रोबको सफलता प्राविधिक आविष्कारभन्दा बढी हो । यस अन्तरिक्ष यानको ऐतिहासिक उपलब्धिले सूर्यको बारेमा पुरानो रहस्य सुल्झाउने आशा जगाएको छ ।