
दत्तात्रेयलाई त्रिदेव अर्थात ब्रह्मा, विष्णु र महेशको रूप मानिन्छ । दत्तात्रेयले २४ वटा गुरुबाट शिक्षा लिएको मानिन्छ । दत्तात्रेयको नामबाट दत्त सम्प्रदायको उत्पत्ति भएको हो ।
दक्षिण भारतमा दत्त संप्रदायमा धेरै मानिस आबद्ध भएकाले यसको महत्व बढी छ । भगवान दत्तात्रेयको पूजा गर्नाले सुख, समृद्धि, वैभव आदि प्राप्त हुने जनविश्वास छ ।
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन दत्तात्रेय जयन्ती मनाइन्छ । यसलाई दत्त जयन्ती पनि भनिन्छ । यस पटक दत्तात्रेय जयन्ती पुस ३ गते अर्थात शनिबारका दिन परेको छ ।
दत्तात्रेय जयन्तीका दिन बिहान सबेरै उठेर नुहाएर सफा लुगा लगाउनुपर्छ । यसपछि पूजास्थललाई सफा गरी गंगाजल छर्कनु पर्छ । त्यसपछि एउटा खम्बा राखेर त्यसमा सफा कपडा बिछ्याउनुपर्छ र त्यसमा भगवान दत्तात्रेयको चित्र स्थापना गनपर्छ । यसपछि भगवान दत्तात्रेयलाई धूप, दीप, रोली, अक्षत, फूल आदि चढाउनु पर्छ । त्यसपछि भगवान दत्तात्रेयको कथा पढ्नुपर्छ ।अन्त्यमा आरती गरी र प्रसाद वितरण गर्नुपर्छ ।
दत्तात्रेय कथा
एक पटक महर्षि अत्रि मुनिकी पत्नी अनसूयाको पुण्य धर्मको परीक्षा गर्न ब्रह्मा, विष्णु, महेश तीन देवताहरू पृथ्वीमा पुगे । तीनै देवताहरू साधुको भेषमा अत्रि मुनिको आश्रममा पुगे र माता अनसूयाको अगाडि भोजनको इच्छा व्यक्त गरे । तर ती तीन देवताले उनीहरूलाई निवश्त्र राखेर खाना खुवाउने शर्त राखे । यसबाट अनसूया संकटमा परिन ।
जब उनले ध्यान गरेर हरिन, उनले ब्रह्मा, विष्णु र महेशलाई आफ्ना अगाडि साधुको रूपमा उभिरहेका देखिन । आमा अनसूयाले अत्रि मुनिको कमण्डलबाट पानी निकालेर तीनै साधुमाथि छर्किदिइन् । यसपछि तीनै ऋषिहरू बच्चा भए । त्यसपछि उनले देवताहरूलाई खाना खुवाइन ।
जब तीन देवताहरू बच्चा भए, तीन देवी (पार्वती, सरस्वती र लक्ष्मी) पृथ्वीमा पुगे र माता अनसूयासँग क्षमा याचना गरे । तीन देवताहरूले पनि आफ्नो गल्ती स्वीकार गरे र उनको गर्भबाट जन्म लिन अनुरोध गरे । यसपछि तीनै देवताहरूले दत्तात्रेयको रूपमा जन्म लिए । त्यसबेलादेखि माता अनसूया पुत्रदायिनीको रूपमा पुजिन थालिन् ।