महिला केन्द्रीय सदस्यमा डिला संग्रौलाको अग्रता

Lok Bhatta ३ वर्ष अघि
  • काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतगणना अन्तर्गत महिलाको खुला केन्द्रीय सदस्य पदमा १३६४ मत गणना हुँदा ८२५ मत ल्याएर डिला संग्रौला पहिलो स्थानमा छिन् ।

    पुष्पा भुसाल ८०२ मतसहित दोस्रो, आरजु राणा ७२८, अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईं ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मत पाएकी छन् । खुला तर्फको महिलामा ९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।