
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई आक्रान्त पारेको छ । ओमिक्रोनबाट अमेरिकामा मृत्युको पहिलो केस रिपोर्ट गरिएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार नयाँ ओमिक्रोन भेरियन्टका कारण टेक्सासमा पहिलो मृत्यु रेकर्ड गरिएको हो । कोभिड–१९ को कहरमा परेको अमेरिकामा अहिले ७३ प्रतिशत केस ओमिक्रोनका छन् ।
ह्यारिस काउन्टी पब्लिक हेल्थको एक विज्ञप्ति अनुसार, ५० वर्षको उमेरमा रहेका ती व्यक्तिले खोप पाएका थिएनन् र उनी पहिले नै कोभिड–१९ बाट संक्रमित भइसकेका थिए । सीएनएनका अनुसार अमेरिकामा ओमिक्रोन भेरियन्टका कारण मृत्यु भएको यो पहिलो घटना हो । स्वास्थ्य विभागका अनुसार ‘भ्याक्सिन नपाएका कारण यो व्यक्तिलाई जोखिम धेरै थियो । यसबाहेक उनको स्वास्थ्य पनि खासै राम्रो थिएन ।