
मौरीका बारेमा धेरै यस्ता कुराहरु छन् जुन कमैलाई थाहा हुन्छ । उदाहरणका लागि, आफ्ना साथीहरूसँग मिलेर काम गर्ने तरिका, उनीहरूलाई खतरा महसुस हुँदा एकअर्कालाई सचेत गराउने र सबैभन्दा बढी खाना कहाँ उपलब्ध छ भनेर बुझ्ने । मौरी कामगर्ने शैली एउटै छैन । जान्नुहोस् कि तिनीहरूले कसरी आफूलाई शत्रुहरूबाट जोगाउँछन् र अन्य माहुरीहरूसँग खानाको स्थानबारे बताउनछन् ।
जब मौरीले वरिपरि खतरा भएको महसुस गर्छ, उसले एक विशेष प्रकारको गन्ध मार्फत अन्य मौरीहरूलाई सचेत गराउँछ । विभिन्न प्रकारका खतराहरूको लागि विभिन्न गन्धहरू उत्पादन गर्दछ । यो गन्धले अन्य मौरीहरूको लागि अलार्मको रूपमा काम गर्दछ । वैज्ञानिक भाषामा यसलाई फेरोमोन भनिन्छ ।
मौरीपालन गर्नेहरू मह निकाल्न आउँदा धुवाँ निकाल्छन् । उनीहरूलाई थाहा छ कि मौरीहरूले खतरा महसुस गर्दा र एकअर्कालाई सचेत गराउदा गन्ध निकाल्छन् । सचेत भएपछि मानिसलाई आक्रमण गर्न सक्छन् । त्यसैले धुवाँको प्रयोग गर्छन । यो धुवाँले तिनीहरूको गन्धलाई जित्छ र मौरीहरूले घार छोड्छन् ।
अब बुझौं कि उनीहरूले आफ्ना साथीहरूसँग खानाको स्थान कसरी साझा गर्छन् । यदि माहुरीले कतै पर्याप्त मात्रामा खाना देख्यो भने, त्यो घारमा फर्कन्छ र विशेष नृत्य गरेर अन्य मौरीहरूलाई बाटो बुझाउँछ । मौरी दुई तरिकाले नाच्छन ्। पहिलो वागल नृत्य र दोस्रो गोल नृत्य ।
नृत्यमा, मौरीहरूले वरिपरि घेरा बनाउँछन् र त्यसपछि बीचमा रेखा बनाउँछन् । मध्य रेखा जति लामो हुन्छ, खानाको स्थान उति टाढा हुन्छ । एकै समयमा, एक गोल नृत्य गरेर, एक मौरीले आफ्ना साथीहरूलाई खाना वरिपरि छ भनेर बताउँछ । सबै मौरीहरूले यसलाई ध्यानपूर्वक हेर्छन् र बुझ्छन् ।