रुपन्देहीमा जनमत पार्टीको प्रदर्शन जारी

Lok Bhatta ३ वर्ष अघि

  • बुटवल – सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीमा एक सातादेखि प्रदर्शन गरिरहेको छ ।आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने सो पार्टीको अडान रहेको छ ।

    लुम्बिनी सडक खण्ड र भैरहवा–परासी सडक खण्ड अवरुद्ध गरेर किसान आन्दोलन संघर्ष समितिको नाममा जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । सो प्रर्दशनमा प्रहरीले आइतबार १२ जनालाई पक्राउ गरेको थियो ।

    किसानमाथिको दमन बन्द गर्नुपर्ने, किसान र आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दा फिर्ता गर्नुपर्ने, समयमा मलखाद र बीउविजनको व्यवस्था, सिँचाइको व्यवस्था, सिंचाइको बिजुली निःशुल्क, हावाहुरी र वर्षाले भएको बालीनाली क्षतिबापत तत्काल राहत, किसानको समस्या समाधानका लागि मन्त्रिस्तरीय वार्ता समिति गठन गर्नुपर्ने माग जनमत पार्टीले राखेको छ ।