मोदीको सुरक्षामा पञ्जाब पुलिसमाथि लापरवाहीको आरोप

Lok Bhatta ३ वर्ष अघि
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार पञ्जाब भ्रमणमा रहेका बेला सडकमा प्रदर्शनकारीको प्रदर्शनका कारण १५–२० मिनेट जाममा फसेका थिए । यसलाई प्रधानमन्त्रीको सुरक्षामा खलल पु¥याएको भन्दै राजनीतिक दलमा आरोप–प्रत्यारोपको सिलसिला सुरु भएको छ । गृह मन्त्रालयले पञ्जाब पुलिसलाई लापरवाही गरेको आरोप लगाएको छ र मन्त्रालयले भनेको छ कि पंजाब पुलिसले ब्लू बुक नियमहरू पालना गरेको छैन । अहिले पञ्जाब प्रहरी प्रश्नको घेरामा छ ।

    ब्लू बुक दिशानिर्देशहरूको एक सेट हो, जसमा भीभीआइपी को सुरक्षा सम्बन्धी पालना गर्नुपर्ने नियमहरूको बारेमा जानकारी लेखिएको हुन्छ। अहिले प्रधानमन्त्रीको सुरक्षाको जिम्मा एसपीजीको छ र एसपीजीको ब्लु बुक अनुसार प्रधानमन्त्रीको सुरक्षाको जिम्मा लिइएको छ । यस ब्लु बुकमा प्रधानमन्त्रीको सुरक्षामा पालना गर्नुपर्ने दिशानिर्देशको पूर्ण जानकारी लेखिएको छ र सोही अनुसार प्रोटोकल तय गरिएको छ ।

    एसपीजी मात्र नभई प्रदेश प्रहरीले पनि सोही अनुसारको व्यवस्था मिलाउनु पर्ने र दिशानिर्देश अनुसार प्रधानमन्त्रीको कार्यक्रम तय भएको जानकारी गराउदछ । तर यसबेला पञ्जाब पुलिसलाई पनि बेवास्ता गरेको आरोप लागेको छ ।