जाडोमा दिमागका लागि पानी कत्तिको महत्वपूर्ण ?

Lok Bhatta ३ वर्ष अघि
  • जाडोमा मानिसहरुले गर्ने सबैभन्दा ठूलो गल्ती भनेको पानी कम पिउनु हो, जसलाई चिकित्सकहरुका अनुसार नराम्रो बानी मानिन्छ । जाडोको कारण मानिसहरूलाई कम तिर्खा लाग्छ र तिनीहरूले गर्मीको तुलनामा पानीको मात्रा पनि कम गर्छन् । तर, जाडोमा पनि शरीरलाई धेरै पानी चाहिन्छ, तपाईको दिमागलाई पनि धेरै पानी चाहिन्छ, जसले ब्रेन स्ट्रोक, पक्षाघात जस्ता रोगहरूको जोखिम पनि कम गर्छ ।

    चिकित्सकका अनुसार, चिसो मौसममा पानी दिनहुँ कम्तीमा डेढ दुई लिटर पानी पक्कै पिउनुपर्छ र पानी पिउने बनी बसाल्नु पर्छ । यससंगै विशेषगरी राति सुत्नु अघी पानी पिउनुपर्ने चिकित्सकको सल्लाह छ ।

    यसमा चिसो, तातो, मनतातो र जति पानी सम्भव छ, त्यही पानी पिउनुपर्छ र कोठाको तापक्रमको आधारमा पानी पिउनु राम्रो हुन्छ। पानीले रक्तसञ्चार र अक्सिजन सुधार्न मद्दत गर्छ । यस कारणले गर्दा पानी पिउनु उपयुक्त हुन्छ ।

    शरीरमा रगतको मात्रासँगै रगतलाई पातलो बनाउन पनि आवश्यक हुन्छ । यस्तो अवस्थामा रगतलाई पातलो बनाउन पानी उपयोगी हुन्छ । पानीले तपाईंको मस्तिष्कका कोशिकाहरूलाई एकअर्कासँग सञ्चार गर्न मद्दत गर्दछ । जसले मस्तिष्कको कार्यमा बाधा पु¥याउँछ त्यस्ता विषाक्त पदार्थ र फोहोरलाई पनि बाहिर निकाल्छ । यसबाहेक, पानीले मस्तिष्कमा पोषक तत्वहरू ढुवानी गर्छ ।