उत्तर कोरियाद्वारा ब्यालेस्टिकपछि दुईवटा क्रुज मिसाइल परिक्षण

Lok Bhatta ३ वर्ष अघि
  • उत्तर कोरियाले मंगलबार आफ्नो पूर्वी तटबाट समुद्रमा दुईवटा क्रुज मिसाइल प्रहार गरेको छ । योनहाप न्यूजले सैन्य स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । यसअघि पनि उत्तर कोरियाले लगातार ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । योनहाप न्यूजले दक्षिण कोरियाली सेनाले प्रक्षेपण निर्धारण गर्न केसको मूल्याङ्कन गरिरहेको बताएको छ।

    यद्यपी प्रधानसेनापतिको कार्यालयले यस प्रतिवेदनको पुष्टि गरेको छैन । संयुक्त राष्ट्रसंघले प्योङयाङमाथि लगाएको प्रतिबन्धका बाबजुद पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण जारी राखेको छ । ब्यालेस्टिक मिसाइलको अन्तिम परीक्षण जनवरी १७ मा गरिएको थियो।

    उत्तर कोरियाको नयाँ हाइपरसोनिक मिसाइलको क्षमतालाई लिएर लगातार अड्कलबाजी भइरहेको छ । उत्तर कोरियाले पनि ११ जनवरीमा नयाँ मिसाइल परीक्षण गरेको दाबी गरेको थियो । सोही दिन दक्षिण कोरियाले पनि यो दाबी पुष्टि गरेको थियो । यस क्षेप्यास्त्रको परीक्षणलाई लिएर विज्ञहरुले पनि आ–आफ्नो धारणा राखेका छन् । केही रक्षा विज्ञहरुले यो मिसाइललाई हाइपरसोनिक भन्न नसकिने बताएका छन् । यो क्षेप्यास्त्र अमेरिकी लक्ष्यमा हमला गर्न सक्षम मानिने गरी टाढासम्म पनि गएको छैन ।