सातै प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा मतदान हुदै

Lok Bhatta ३ वर्ष अघि
  • काठमाडौं – राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि बुधबार बिहान ९ बजेदेखि मतदान भैरहेको छ । सात प्रदेशका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि मतदान सुरु भएको हो । र मतदानको समय दिउँसो ३ बजेसम्म हुनेछ।

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले शान्तिपूर्ण रुपमा सबै केन्द्रमा मतदान भइरहेको बताएका छन् ।

    आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएको छ ।

    यस निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्।