ओमिक्रोन भेरिअन्टविरुद्ध क्लिनिकल परीक्षण गर्दै फाइजर र बायोन्टेक

Lok Bhatta ३ वर्ष अघि
  • फाइजर र बायोन्टेक कम्पनीले कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनलाई लक्ष्य गर्दै नयाँ खोपको क्लिनिकल परीक्षण सुरु गर्न लागेका छन्।

    ती कम्पनीले बूस्टर मात्रा अनि खोप नलगाएका मानिसमा तीनवटा फरक मात्रा दिएर नयाँ खोपबाट प्राप्त हुने सुरक्षा परीक्षण गर्ने योजना बनाएका छन्।

    अमेरिकामा हुने सम्भावना रहेको परीक्षणमा १,४०० भन्दा बढी वयस्कहरू सहभागी हुने अपेक्षा गरिएको छ।

    अमेरिकी कम्पनी मोडर्नाले पनि छिट्टै ओमिक्रोन भेरिअन्टलक्षित खोपको परीक्षण सुरु गर्ने योजना बनाएको छ।

    त्यस्तै अक्सफर्ड विश्वविद्यालय र आस्ट्राजेनेकाले पनि नयाँ खोपका लागि काम गर्न सुरु गरेका छन्।

    कोभिड गराउने कोरोनाभारसका नयाँ भेरिअन्टहरू उत्पन्न हुन थालेसँगै खोप उत्पादकहरूले कोरोनाभाइरसविरुद्ध विकास गरिएको खोपमा केही परिवर्तन गर्ने योजना बनाएका थिए।

    विगत दुई महिनामा देखा परेको तीव्र गतिमा फैलिन सक्ने ओमिक्रोन भेरिअन्टका कारण उनीहरूले त्यो प्रक्रियालाई तीव्रता दिएका छन्।

    कैयौँ राष्ट्रहरूले हाल उपलब्ध खोपको बूस्टर वा तेस्रो मात्रा उपलब्ध गराइरहेका छन्। थप मात्रा खोपले ओमिक्रोन हुँदा समेत मानिसलाई गम्भीर बिरामी पर्न वा मृत्युबाट जोगाउनेगरी राम्रो तहको सुरक्षा प्रदान गरिरहेका छन्।

    साभार : बीबीसी