तामाङ समुदायको नयाँ वर्षको मनाइने सोनाम ल्होछार पर्व आज माघ १९ गते विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औं वर्ष सुरु भएको छ । गाई वर्ष पूरा गरी बाघ वर्षमा प्रवेश भएको छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना हुन्छ ।
तामाङ, ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउदै आएका छन् । सोनाम ल्होछारको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।