विश्वको सबैभन्दा ठूलो क्रुज ’वन्डर अफ द सीज’ पहिलो पटक समुद्री छालहरूमा गति लिएको छ । यो सोमबार युरोपको लिमासोल पुगेको थियो । फ्रान्सको सेन्ट नाजायरमा तीन वर्षमा सम्पन्न भएको यो क्रुज १० तलाको छ । विशाल भएकाले यसलाई ‘फ्लोटिंग सिटी’को नाम पनि दिइएको छ ।
संसारको सबैभन्दा ठूलो क्रुजको लम्बाइ १,१८५ फिट छ । यसको वजन २,३६,८५७ टन छ। यो क्रुज समुद्री यात्राको लागि मात्र बनाइएको थिएन । यसमा मानिसलाई अर्कै किसिमको सहरमा बसेको अनुभूति हुन्छ । यो क्रुजमा समुद्रमा तैरिरहेको पहिलो जीवित पार्क छ, जसमा २० हजारभन्दा बढी बोटबिरुवाहरू छन् ।
वन्डर अफ द सीज’ मा १८ डेक, २४ गेस्ट लिफ्ट र २,८६७ स्टेट रुम छन् । तिनीहरूमा लगभग ७ हजार अतिथिहरू समायोजन गर्न सकिन्छ। ६४ मिटर चौडा क्रुजमा पाहुना बाहेक २३ सय कर्मचारी बस्ने ठाउँ पनि छ । यहाँ २० रेस्टुरेन्ट र ११ बारहरू छन्।
डेलीमेलको एक रिपोर्ट अनुसार, क्रूजको स्वामित्वमा रहेको रोयल क्यारिबियन समूहका सीईओ जेसन लिबर्टी भन्छन्, ’वन्डर अफ द सीज’ ले मानिसहरूमा क्रुजको अनुभव बढाउनेछ। यसले यो उद्योगलाई अगाडि बढाउने छ । जसमा नयाँ नयाँ आविष्कारहरू हुनेछन्। यसबाट पर्यटन र अर्थतन्त्रमा बृद्धि हुनेछ ।
डेलीमेलका अनुसार यस क्रुजको आधिकारिक सुरुवात मार्च ४, २०२२ देखि फ्लोरिडाको फोर्ट लाउडरडेलबाट हुनेछ। यो क्रुजमा यात्रुले दौडन जगिङ ट्र्याक, खेल्नका लागि मिनी गल्फ, आउटडोर फिल्म स्क्रिन, स्पालगायतका धेरै सुविधा उपलब्ध गराउनेछन् ।