आज विश्व क्यान्सर दिवस

Lok Bhatta ३ वर्ष अघि
  • विश्व क्यान्सर दिवस ‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौँ’भन्ने नाराका साथ मनाइँदै छ ।

    क्यान्सरका बिरामीको संख्या नेपालमा बर्सेनि बढिरहेको र बर्सेनि १९ हजार भन्दा धेरै मानिसको क्यान्सर रोगका कारणले मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले बताएको छ । नेपालमा करिब ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ ।


    सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ ।


    वातावरण र खानपानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका बिरामी बढ्दै गएको र धूम्रपान र मद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकले सुझाव छ ।


    विश्वभरी हरेक वर्ष लगभग २ करोड क्यान्सर रोगी थपिने गरेका छन् । खानपानमा ध्यान पुर्याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।