सभामुखले सर्वदलीय बैठक बोलाए

Lok Bhatta ३ वर्ष अघि
  • २ फागुन

    सभामुख सापकोटाको सचिवालयका अनुसार दिउँसो २ बजे सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाइएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछिको छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

    सभामुखको सचिवालयका अनुसार बैठकमा संसदमा एमालेले गर्दै आएको अवरोध खुलाउने र महाअभियोग प्रस्ताव प्रक्रियामा लैजाने विषयमा छलफल हुने जनाएको छ ।