बुधबार देखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक

Lok Bhatta ३ वर्ष अघि
  • बुधबारदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को बैठक बस्ने भएको छ । उक्त बैठक काठमाडौंको होटल हायातमा दुई दिनसम्म चल्नेछ ।

    २०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन । नेपालले बैठक बोलाउन पटक–पटक भारतलाई आग्रह गर्दै आएपनि भारतले कोरोनाको महामारीको कारण देखाएर अलमल गर्दै आएको थियो । यसबेला भारतले बैठकमा ‘जलविद्युत आयोजनामा संयुक्त लगानी÷विकास’बारे छलफल गर्न चाहेको छ ।

    काठमाडौंमा हुने बैठकको पहिलो दिन भोलि नेपाल–भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूह –जेडब्लुजी)को बैठक बस्ने छ । बैठकले टुंगो लगाएका विषयहरु दोस्रो दिन हुने सचिवस्तरीय बैठकमा पेश हुनेछन् । नेपालको तर्फबाट ऊर्जासचिव देवेन्द्र कार्कीले र भारतको तर्फबाट भारतीय ऊर्जासचिव आलोक कुमारले नेतृत्व गर्नेछन् ।