नेपालमा गाँजा खोल्ने गृह मन्त्रालयको तयारी

Lok Bhatta ३ वर्ष अघि
  • सरकारले गाँजालाई औषधीमा प्रयोग गर्न दिनेगरी कानुन निर्माण गर्ने तयारी गरिरहेको छ यसका लागि। गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो ।

    विधेयक फागुन १० गते गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि पठाएका छन् ।

    मन्त्रालयको लागु औषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायका अनुसार विधेयकमा गाँजाको उत्पादन, संकलन, बिक्री वितरण र निकासी कसरी गर्ने भन्ने विषय समेटिएको छ । त्यो विधेयक कानुन निर्माण भएपछि तत्काल कार्यान्वयनमा ल्याउने तयारी गृहको छ।