मृत्युपछि गरिने संस्कारहरू किन महत्त्वपूर्ण छन् ?

Lok Bhatta ३ वर्ष अघि
  • पक्कै पनि तपाईंहरूमध्ये अधिकांशले ऋणानुबन्ध भनेर सुन्नुभएको हुनुपर्छ । शरीरसँग रहेको सम्बन्धलाई ऋणानुबन्ध भनिन्छ । जब तपाईं कसैलाई स्पर्श गर्नुहुन्छ— रगतको नाताले वा यौन सम्बन्धमा अथवा यहाँ सम्म कि कसैको हात समात्नुभयो वा लगाएको लुगा साट्नुभयो भनेपनि— दुवै शरीरमा ऋणानुबन्ध उत्पन्न हुन्छ ।

    जब कसैको मृत्यु हुन्छ, तब हामी यो ऋणानुबन्धलाई पूर्णतया मेटाउन चाहन्छौँ । शव जलिसकेपछि बचेको अस्तु वा खरानीलाई गङ्गगा वा अन्य नदीहरूमा बगाइनुको मूल कारण के हो भने, त्यसलाई यत्रतत्र छरिन सकियोस् । यसो गर्नाले तपाईं मृत्यु भएको व्यक्तिसँग कुनै ऋणानुबन्ध स्थापित गर्नुहुन्न । तपाईंले आफ्नो जीवनलाई सही तरिकाले अघि बढाउनको निम्ति, यो ऋणानुबन्धलाई राम्रोसँग तोड्नु एकदमै आवश्यक छ । अन्यथा, यसले तपाईंको शारीरिक र मानसिक संरचनामा असर गर्नेछ । जुन अहिलेको आधुनिक समाजमा भइरहेको छ ।

    ८ वर्षसम्मका बच्चाहरूमा यी चीजहरूको असर हुँदैन, किनकि प्रकृतिले उनीहरूलाई त्यस किसिमको सुरक्षा दिएकी छिन् । यदि हामीले मरेर गएकाहरूका निम्ति सही संस्कार नगर्ने हो भने, यसको सबैभन्दा बढी असर किशोर–किशोरीहरूमा हुन्छ— किनभने, देह नभएको जीवनको उर्जा सधैँ त्यहीँ रहिरहेको हुन्छ ।

    यो उर्जा सर्वप्रथम किशोर–किशोरीहरूतर्फ आकृष्ट हुन्छ, किनकि उनीहरू यसप्रति सबैभन्दा बढी नाजुक हुन्छन् । तपाईं आज संसारमा देख्न सक्नुहुन्छ कि किशोरावस्थामा मानिसहरूमा कुन हदसम्मको उथलपुथल भइरहेको छ । हामीभन्दा पहिलेका पिँढीहरूको तुलनामा अहिलेका पुस्ताका मानिसहरूमा किशोरावस्थामा यति धेरै संघर्ष हुनुको एउटा प्रमुख कारण के हो भने, हामीले मरेका गएकाहरूका निम्ति सही संस्कार गरेका छैनौँ । अनि यी ऋणानुबन्धहरू जताततै छन् । यो एउटा सफ्टवेयर जस्तै हो, जुन यत्रतत्र छ, र यसले किशोर–किशोरीहरूलाई सबैभन्दा बढी हानी गर्दछ ।

    साभार : इसा सद्गुरु isha sadhguru