
अब २० सेकेन्डमा मुटु रोग पत्ता लगाउन सकिने भएको छ । बेलायतमा एउटा एआई मेसिन डिजाइन गरिएको छ । जसले धेरै छोटो समयमा मुटुको जाँच गरेपछि नतिजा दिन्छ । यो मेसिनको परीक्षण सफल भएको छ । त्यसैले अब बेलायती स्वास्थ्य एजेन्सी एनएचएसले मुटु रोगीहरूको अनुसन्धान गर्न यसको प्रयोग गरिरहेको छ ।
यो मेसिनलाई ब्रिटिस हार्ट फाउन्डेसनले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा डिजाइन गरेको हो । यो एआई एमआरआई मेसिन हो। ब्रिटिश हार्ट फाउन्डेसनले एमआरआई गर्न सामान्यतया ९० मिनेट लाग्ने तर यो मेसिनबाट २० मिनेटमा गर्न सकिने दाबी गरेको छ ।
मेसिनले मुटुको बारेमा के भन्छ?
डेलीमेलको रिपोर्टका अनुसार यस मेसिनबाट परीक्षण गर्दा मुटुसँग सम्बन्धित ९ प्रकारका जानकारी भेटिन्छन् । यसले अवरोध, उच्च रक्तचाप, हाइपरट्रोफिक, कार्डियोमायोप्याथी, हृदयघात र कमजोर मुटुको मांसपेशीको बारेमा जानकारी दिन्छ।
यो मेसिनले कसरी काम गर्छ?
नयाँ एमआरआई मेसिन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले सुसज्जित रहेको यस परियोजनासँग सम्बद्ध डा रोड्रि डेभिस बताउँछन् । यस एआईको सहायताले मुटुको जटिल संरचना पनि बुझ्न सकिन्छ । एआईको सहयोगमा यो मेसिनले मुटुको जटिल संरचनालाई द्रुत रूपमा स्क्यान गर्छ। मुटुको स्क्यान गरेर सही नतिजा दिन्छ । यो मेसिनको सहयोगले अब चिकित्सकहरूले परीक्षणका लागि घण्टौं खर्च गर्नु पर्दैन ।