किन छनोट भयो फिनल्याण्ड पाँचौं पटक विश्वको सबैभन्दा खुसी देश ?

Lok Bhatta ३ वर्ष अघि
  • फिनल्याण्ड लगातार पाँचौं वर्ष विश्वको सबैभन्दा खुसी राष्ट्र मध्ये एक रह्यो । फिनल्याण्ड, डेनमार्क, आइसल्याण्ड, स्विट्जरल्याण्ड र नेदरल्याण्ड संयुक्त राष्ट्रसंघको वार्षिक खुसी सूचकाङ्कमा सबैभन्दा खुसी ५ देशमा परेका छन् । उही समयमा, अफगानिस्तान सबैभन्दा दुखी देशहरूमा पर्छ । तर सबैभन्दा खुसी देशको सूचीमा फिनल्याण्ड किन पहिलो स्थानमा रह्यो भन्ने सबैभन्दा ठूलो प्रश्न हो ।

    सबैभन्दा पहिले बुझ्नुहोस्, प्रतिवेदन कसरी तयार भयो ? द इन्डिपेन्डेन्टको रिपोर्टका अनुसार संयुक्त राष्ट्र संघको टोलीले यो प्रतिवेदन तयार गर्न ग्लोबल सर्भेको तथ्यांक प्रयोग गरेको छ । विश्वका १५० देशको जीडीपी, त्यहाँका जनताको दीर्घायु, सामाजिक सहयोग, स्वतन्त्रता र भ्रष्टाचारलगायतका धेरै कुराका आधारमा यो सूची तयार गरिएको हो ।

    अब बुझ्नुहोस्, फिनल्याण्ड किन यति खुसी छ? फिनल्याण्डमा अपराध दर कम छ । यहाँ प्राकृतिक सौन्दर्य बढी छ । गरिबीसँग लड्ने मानिसहरू थोरै छन् । यस बाहेक यहाँको स्वास्थ्य प्रणालीले राम्रो काम गरेको छ र समुदायको हेरचाह गर्न राम्रो सरकारी सुविधा छ । फिनल्याण्डको समृद्धिको रहस्य यही हो ।

    हेलसिंकी टाइम्सको रिपोर्ट अनुसार पश्चिमी देशहरूको तुलनामा फिनल्याण्ड बस्न र समय बिताउनको लागि उत्कृष्ट देश हो । यहाँका मानिसहरू शान्त जीवन बिताउन मन पराउँछन्, त्यसैले यहाँ बस्दा सकारात्मक ऊर्जाको अनुभूति हुन्छ । यसबाहेक फिनल्याण्डको संस्कृतिले पनि यस देशलाई खुसी बनाउन मद्दत गर्छ । रिपोर्टका अनुसार यहाँको संस्कृतिमा एकअर्कालाई सहयोग गर्ने चलन रहेको छ, यो पनि खुशीको रहस्य हो।

    यति मात्र होइन, फिनल्याण्डमा अपराधका घटना नगण्य भएकाले यहाँका मानिसहरूले आफूलाई बढी सुरक्षित महसुस गरिरहेका छन् । यसका साथै यहाँको शिक्षा प्रणाली राम्रो छ र युवाहरुले यहाँ धेरै अवसर पाउँछन् । यही कारणले गर्दा यहाँ बेरोजगारीको चर्चा हुँदैन ।