ती बानीहरु, जसका कारण कहिल्यै इज्जत पाइँदैन

Lok Bhatta २ वर्ष अघि
  • आचार्य चाणक्यका अनुसार व्यक्तिको आत्मसम्मान उसको सबैभन्दा ठूलो सम्पत्ति हो । सम्मान कुनै पनि पद प्रतिष्ठा भन्दा बढी मानिन्छ । चाणक्यका अनुसार यदि तपाई इज्जत पाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले अरुलाई सम्मान दिनुपर्छ । अरूको हितको ख्याल गर्ने व्यक्ति आफ्नो पद, प्रतिष्ठाको घमण्ड नगरी अरूलाई सम्मान गर्ने व्यक्तिलाई सबैले सम्मान गर्छन् ।

    यस्ता व्यक्तिलाई समाजमा सम्मान गरिन्छ । त्यसैले यदि तपाईँ पनि इज्जत पाउन चाहनुहुन्छ भने अरुलाई सम्मान गर्नुहोस । चाणक्य नीतिका अनुसार कुन–कुन बानीले तपाईलाई सम्मान मिल्छ यहाँ उल्लेख गरिएको छ ।

    शिष्टता

    आचार्य चाणक्य भन्छन् कि मानिसको स्वभाव सधैं नम्र हुनुपर्छ । जो नम्र रहन्छ, उसले समाजमा धेरै मान–सम्मान पाउँछ । साथै, जो व्यक्तिको स्वभावमा नम्रता छ, उसले सफलता प्राप्त गर्न सक्षम छ ।

    अनुशासन

    सधैं अनुशासनमा रहनुपर्छ । चाणक्य नीतिका अनुसार व्यक्तिले आफ्नो स्वार्थ र लाभको लागि अनुशासनलाई कहिल्यै बिर्सनु हुँदैन । साथसाथै स्वार्थी बन्नबाट पनि जोगिनु पर्छ किनभने स्वार्थी व्यक्तिले समाजमा अपमानको सामना गर्नुपर्ने हुन सक्छ ।

    झूटबाट बच्न

    चाणक्य नीतिका अनुसार यदि कसैसँग झुट बोलेर आफ्नो फाइदा उठाउनु भयो भने एक दिन तपाइको झूट पक्कै समातिनेछ र आफ्नो इज्जत गुमाउनुहुनेछ । त्यसैले भुलेर पनि झुटको सहारा लिएर कुनै काम गर्नु हुँदैन ।

    कसैलाई हानि नगर्नुहोस्

    कसै–कसैलाई नराम्रो गर्ने बानी हुन्छ । सधैं कसैलाई नराम्रो गर्ने यस्ता व्यक्तिहरू कसैको सुख वा उन्नति देख्न सक्दैनन् । त्यसैले उनीहरूलाई नराम्रो गरेर मन शान्त गर्छन् । उनको यही बानीका कारण समाजले पनि उनलाई सम्मानको नजरले हेर्दैन ।

    लोभबाट बच्नुहोस्

    चाणक्य नीति अनुसार लोभबाट जोगिनुपर्छ । सधैं मेहनत गरेर पैसा कमाउनुहोस्। कतिपय मानिसहरू लोभी हुन्छन् र अक्सर छल गरेर पैसा कमाउँछन् । यस्तो पैसा कुनै कामको छैन, न त धेरै दिन टिक्छ ।