आज योगिनी एकादशी

Lok Bhatta २ वर्ष अघि
  • विधि अनुसार योगिनी एकादशी व्रत राख्नाले ८८ हजार ब्राह्मणलाई भोजन गराए बराबरको फल प्राप्त हुने भएकाले यस व्रतको आफ्नै विशेष महत्व छ । योगिनी एकादशीमा भगवान विष्णुको पूजा गर्नु शुभ मानिन्छ । योगिनी एकादशीमा भगवान विष्णुको पूजा गर्ने भक्तहरूले पाप कर्मबाट मुक्ति पाउँछन् ।

    आज असार १० गते शुक्रबार आषाढ कृष्ण पक्षको एकादशी । यसलाई योगिनी एकादशी भनिन्छ । धार्मिक मान्यता अनुसार योगिनी एकादशीको व्रत विधि अनुसार राख्नाले ८८ हजार ब्राह्मणले भोजनको फल प्राप्त गर्ने भएकाले यस व्रतको आफ्नै विशेष महत्व रहेको छ । हाम्रो सनातन धर्ममा एकादशीको ठूलो महत्व छ, यस दिन संसारका पालनकर्ता भगवान विष्णुको पूजा गरिन्छ । पञ्चाङ अनुसार प्रत्येक महिनामा दुई पक्ष र प्रत्येक पक्षमा एक एकादशी आउँछ ।

    योगिनी एकादशीमा भगवान विष्णुको पूजा गर्नु शुभ मानिन्छ । योगिनी एकादशीमा भगवान विष्णुको पूजा गर्ने भक्तहरूले पाप कर्मबाट मुक्ति पाउँछन् । यो पनि भनिन्छ कि योगिनी एकादशीको व्रत गर्ने मानिसले मृत्युपछि भगवान विष्णुको चरणमा स्थान पाउँछन् ।

    महाभारतमा स्वयम् श्रीकृष्णले धर्मराजा र कुन्तीका छोरा युधिष्ठिरलाई यो व्रतको महत्त्व बताउनु भएको थियो ।