
ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा ठेला गाढामा पानीपुरी बेच्न रोक लगाएको छ ।
महानगरका नगर प्रहरी प्रमुखका अनुसार्रे निर्णय नभएसम्म महानगरभरी ठेलामा पानीपुरी बेच्न पाइने छैन् । नगर प्रहरीहरुले ठेलामा पानीपुरी बेच्नेहरुलाई महानगरबाट हटाएका छन् ।
पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा भएसँगै ललितपुरका मेयर चिरिबाबु महर्जनले महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् ।
धेरै भीडभाड हुने क्षेत्र, करिडोर क्षेत्रमा पानीपुरी बेच्न प्रदूषित धुलोहरुले स्वास्थ्यमा असर पारिरहेको भन्दै उक्त क्षेत्रमा ठेलामा पानीपुरी, चटपटे बेच्न सँधैको लागि रोक लगाउने महानगरले आन्तरिक तयारी भइरहेको महानगरले गरिरहेको जनाइएको छ ।