रवीन्द्रनाथ दाजु यतिन्द्रनाथको बिहे हुँदा आठ वर्षको थिए । त्यसबेला सानै उमेरमा विवाह हुन्थ्यो । यतिन्द्र २० वर्षका थिए र उनकी श्रीमती कादम्बरी १० वर्षकी थिइन् । उनी रवीन्द्रनाथ टैगोर जत्तिकै उमेरकी थिइन् । त्यसैले दुबै जना साथी बने । सम्बन्ध गहिरिएर गयो । कादम्बरी पनि प्रतिभाशाली थिइन् र टैगोर पनि। मित्रताले दुवैलाई एकअर्काको नजिक ल्यायो र त्यसपछि दुवै एकअर्काका साथी बने । भनिन्छ कि टैगोरले आफ्नो जीवनमा रोमान्टिक कविता र गीतहरू लेखे, कादम्बरी सबैको केन्द्र थिइन ।
रवीन्द्रनाथ टैगोरमाथि धेरै पुस्तकहरू लेखिएका छन्। तर एकजना लेखक सुधीर कक्कड थिए, जसले रवीन्द्रनाथमाथि ‘यंग ट्यागोरः द मेकिंग अफ ए जिनियस’ नामक पुस्तक लेखेका छन् । यसमा उनले टैगोरको बाल्यकाल र युवावस्था, उनीहरुको सम्बन्धमा धेरै लेखेका छन् । ट्यागोरद्वारा स्थापित शान्तिनिकेतन, जुन अहिले विश्व भारती विश्वविद्यालय हो,का रिसर्च स्का‘लर रहेका रोहित कुमारले यस पुस्तकको आधारमा टैगोरको जीवनमा धेरै महिला आए, तर कादम्बरी भने अर्कै भएको बताए ।
टैगोर कवि, लेखक, नाटककार, चित्रकार, गीतकार–संगीतकार थिए । उनको कद, धैर्य–गम्भीर व्यक्तित्व र उनको प्रतिभाले सबैलाई आकर्षित गर्यो । महिलाहरू पनि उनीबाट धेरै प्रभावित हुने गर्थे र प्रेममाका लागि पनि आर्कषित हुन्थे ।
यंग ट्यागोरको आधारमा रोहित भन्छन् कि जब कादम्बरी बिहे गरेर ससुरा घर आइन्, तब उनी पढाइलाई निरन्तरता दिन चाहन्थिन् । उनी चंचल थिइन्, तर गम्भीर पनि। नाटक र कवितामा पनि उनको रुचि थियो । त्यसैले रवीन्द्रसँगको मित्रता पनि गाढा हुँदै गयो ।
कोलकाताका विद्वान तितिर गुहा लेख्छन्, “यतिन्द्रनाथ एक आईसीएस अधिकारी थिए। कामको व्यस्तताका कारण उनले कादम्बरीलाई समय कम दिन सक्थे । त्यसैले कादम्बरी रवीन्द्रसँग बढी समय बिताउन थालिन् । यी दुईको सम्बन्ध मित्रताभन्दा पनि बढेको थियो ।
जब ट्यागोरकी आमाको मृत्यु भयो, उनको भाउजु कादम्बरी रविन्द्रको संरक्षक बनिन् । उनी उनीभन्दा दुई वर्ष मात्र जेठी थिइन्, तर उनले रविन्द्रलाई धेरै स्नेह र माया दिएकी थिइन् ।
टैगोर पनि उनको प्रेममा पर्न थाले । कादम्बरीलाई केन्द्रमा राखेर टागोरले रचित गरेका सबै प्रेमगीत वा महिलाका चित्रहरू तयार गरिएको भनिन्छ। उनले यो कुरा स्वीकार पनि गरे । भनिन्छ कि टैगोरले विवाह गरे, तर कादम्बरीसँग उनको प्रेम सम्बन्ध शुद्धताले भरिएको थियो।
रविन्द्रको विवाह कादम्बरीले नै बरबाद गरेको थियो
सुधीर कक्कड आफ्नो पुस्तक ’यंग ट्यागोर’ मा लेख्छन्, जब रवीन्द्रनाथको विवाह तय भयो, कादम्बरी छक्क परिन्। रविन्द्रले बिहे गरून् भन्ने उनको चाहना थिएन । उनले यो विवाह तोड्ने प्रयास पनि गरे । यो गर्न नसकेपछि उनले रविन्द्रलाई यो विवाह अस्वीकार गर्न दबाब दिन थालिन् ।
रविन्द्रको बिहेपछि रवीन्द्र र उनको बीचमा दुरी बढ्छ भन्ने उनलाई लाग्थ्यो । तर, रविन्द्र आफ्नी भाउजु कादम्बरीको प्रभावमा रहे । कृष्ण कृपलानीको पुस्तक ’टैगोर ए लाइफ’का अनुसार रवीन्द्रनाथले आफ्नी भाउजु कादम्बरीलाई न सोधी विरलै कुनै काम गरेका थिए।
रवीन्द्रनाथले कादम्बरीको इच्छाविपरीत विवाह गरे । यसले कादम्बरीलाई निकै निराश बनायो र यस विवाहको चार महिनापछि उनले धेरै अफिम खाइन् । जसले गर्दा उनको मृत्यु भयो । त्यसबेला पश्चिम बंगालमा यो घटनाको निकै चर्चा भएको थियो । यस घटनाबाट टैगोर पनि कम्जोर भएका थिए ।
त्यसको असर टेगोर र उनकी श्रीमतीबीचको दूरी बढ्यो । श्रीमती घर गइन् । तर, पछि बिस्तारै दुवैको सम्बन्ध सुमधुर बन्यो । उनकी श्रीमतीले इङ्गल्याण्डमा अध्ययन गरिन र केही पुस्तकहरू अनुवाद गरिन। दुवैका पाँच सन्तान पनि थिए । टैगोरको जीवनमा धेरै महिला आए, जो उनको प्रेममा परे तर कादम्बरीसँग उनको सम्बन्ध एकदमै फरक थियो ।
अनुबाद ः आमे मिडिया