यस्ता मान्छेले कसैको दु:ख बुझ्दैनन्

Lok Bhatta २ वर्ष अघि
  • आचार्य चाणक्यले  आफ्नो नीति शास्त्रमा केही यस्ता व्यक्तिहरूको बारेमा उल्लेख गरेका छन् जसबाट सधैं टाढा रहनुपर्छ, किनभने त्यस्ता मानिसहरूले कहिल्यै कसैको दुःख बुझ्दैनन्। जानौं त्यस्ता व्यक्तिहरूको बारेमा।

    स्वार्थी मानिसहरू

    स्वार्थी मानिसहरू सधैं आफ्नो बारेमा सोच्छन्। यस्ता मानिसले आफ्नो स्वार्थको अगाडि कसैको पीडा बुझ्दैनन् । त्यसैले यस्ता व्यक्तिबाट सधैं टाढा रहनुपर्छ ।

    चोर

    चाणक्य नीतिका अनुसार चोरले कसैको दुःख र पीडा बुझ्दैनन् । यो चोरी पछि कसैलाई कति नोक्सान हुन्छ भन्ने बुझ्दैनन् । चोरीमा मात्र ध्यान दिन्छन् । चोर स्वभावको व्यक्तिले कसैको हालत वा दुःखको वास्ता गर्दैन।

    राजा, शासन वा प्रशासन

    चाणक्य नीति अनुसार राजा, सरकार वा प्रशासनले कुनै पनि व्यक्तिको दुःख र भावना बुझ्न सक्दैन। तिनीहरू जहिले पनि नियम र प्रमाणको आधारमा कुनै पनि निर्णय लिन्छन्। मानिसलाई न्याय दिन सक्ने खालको निर्णय लिन्छन् । यसकारण तिनीहरू धेरै कठोर हुन्छन् र कुनै दुःख बुझ्दैनन्।

    यमराज

    यो संसारको नियम छ कि जो संसारमा आएको छ उसले एक दिन जानुपर्छ। जब मृत्युको समय आउँछ, यमराजले कसैलाई छोड्दैनन्। कसैको पीडा र भावना बुझ्दैनन् ।