आज पौष मासिक कालाष्टमी, यसरी गर्नुहोस काल भैरवको पूजा

Lok Bhatta २ वर्ष अघि
  • हिन्दू क्यालेन्डर अनुसार प्रत्येक महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा कालाष्टमी व्रत मनाइन्छ। यसपटक पौष महिनाको कालाष्टमीको व्रत आज अर्थात पुस १६ गते पर्व मनाइँदैछ । कालाष्टमीका दिन काशीको कोतवाल भनिने बाबा काल भैरवको पूजा गर्ने चलन छ । बाबा काल भैरवलाई शिवको सबैभन्दा प्रखर मानिन्छ।

    कालाष्टमीका दिन व्रत बसेर पूजा आराधना गर्नाले जीवनबाट दु:ख, दरिद्र र कष्ट हट्छ । यस दिन प्यागोडा र मठहरूमा विशेष पूजाको आयोजना गरिन्छ, जसमा भगवान शिवको रूपमा काल भैरवलाई आह्वान गरिन्छ।

    कालाष्टमी पूजा विधि

    कालाष्टमीको पूजाका लागि सबैभन्दा पहिले शुभ समयमा पूजास्थल सफा गरी कालभैरवको मूर्ति वा चित्र स्थापना गर्नुहोस्।

    यसपछि घरमा गंगा जल छर्केर फूल चढाउनुपर्छ ।

    अब धूप, दियोले कालभैरवको पूजा गरी नरिवल, इमराती, पान, रक्सी अर्पण गर्नुहोस्।

    यसपछि कालभैरवको अगाडि चारमुखी दीप बाल्नुहोस्।

    पूजा गर्दा भैरव चालिसा र मन्त्रको पाठ गर्नुहोस्।

    पूजाको अन्त्यमा आरती गर्नुहोस् र काल भैरवको आशीर्वाद प्राप्त गर्नुहोस्।