देशका बिभिन्न स्थानमा बर्षा र हिमपात

Lok Bhatta २ वर्ष अघि
  • कर्णाली तथा सुदूरपश्चिम प्रेदशमा बर्षा र हिमपात भएको छ । हरेक वर्ष भन्दा यो वर्ष ढिलो गरि हिमपात र बर्षा भएको हो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा बिहानै देखि हिमपात भइरहेको छ ।

    हिउँपरेर जीवन कष्टकर भएता पनि किसानहरु खुुसी भएका छन् । हिउँदे सिजनमा हुने खेतीपातीमा बर्षा तथा हिमपातले राहत दिलाएको छ । तापक्रम माइनसमा जाने भएकाले हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ । स्याउ खेतीका लागि पनि उच्च पहाडी क्षेत्रमा हिमापत हुनुलाई राम्रो मानिन्छ ।

    हिउँदे सिजनमा विशेषगरि जौँ, गहुँलगायत बाली लगाइन्छ । पानी नआउँदा बाली सुक्न थालेको थिए । अब सहज हुने भएको छ ।
    बर्षा र हिमपात सँगै जाडो बढेको छ ।