राष्ट्रिय स्वतन्त्र पार्टीको गृहमन्त्री आफूले पाउनुपर्ने अडान, नपाएमा समर्थन फिर्ता लिने चेतावनी ।

Lok Bhatta २ वर्ष अघि
  • राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री आफूले पाउनुपर्ने अडान दोहोर्याएको छ । रास्वपाका सभापति रवि लामिछानेले बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दाहालाई भेटेर गृह मन्त्रालयको नेतृत्व आफ्नो पार्टीलाई दिन माग गरेका थिए । स्रोतका अनुसार सभापति लामिछानेले आफूले गृहमन्त्रालय नपाए देशको राजनीति पुस १० भन्दा अगाडिको अवस्थामा पुग्ने चेतावनी दिएका थिए ।

    पुस १० मा एमाले, माओवादी केन्द्र रास्वपा राप्रपा, जनता समाजवादी पार्टी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आपसमा मिलेर सरकार गठन गर्ने सहमति भएको थियो । फेरि त्यही ठाउँमा राजनीति पुग्नु भनेको सरकारलाई दिएको सर्मथन आफूहरुले फिर्ता लिने अवस्थामा पुग्नु भएको रास्वपा नेताको भनाइ छ ।

    ‘सरकार निर्माण गर्दा भएको सहमति अनुसार हामीले गृह मन्त्रालय लिएको हो,’ रास्वपा स्रोेतले भन्यो, ‘त्यो पालना नहुने हो भने देशको राजनीति पुस १० मा फर्किन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई भनेको हो ।’

    सर्वोच्च अदालतको फैसलापछि लामिछाने पदमुक्त भएपछि माओवादीका कतिपय नेताहरुले गृृह मन्त्रालय आफूहरुले नै राख्नुपर्ने बताएका छन् । तर रास्वपा भने सहमती अनुसार गृहमन्त्रालय आफ्नो पाटीले पाउनु पर्ने जिकिर गरिरहेको छ । प्रधानमन्त्री प्रचण्ड आन्तरिक छलफलमा जुटेका छन् । रास्वपाले गृहमन्त्री नदिए सरकारलाई दिएको समर्थन फिर्तालिने चेतावनी दिइसकेको छ ।