आलोचकलाई रविको चेतावनी

Lok Bhatta २ वर्ष अघि
  • नागरिकता प्रकरणमा सांसद पद र गृहमन्त्रालय गुमाउन पुगेका रवि लामिछानेले नागरिकता पुन प्राप्ति गरिसकेका छन् । नागरिकता प्राप्ति भएसँगै रास्वपाको सभापति मा पुर्नबाहाली समेत भएका छन् । तर यति बेला रास्वपाको भागमा रहेको गृहमन्त्री पदका लागि प्रधानमन्त्री प्रचण्डले रास्वतन्त्र पार्टीलाई दिने कुरामा आनाकानी गरिरहेका छन् ।

    लामिछाने बारे बिभिन्न व्यक्ति र मिडियाहरुले बिभिन्न टिका टिप्पणी गरिरहेका बेला उनले समाजिक सञ्जाल मार्फत आलोचकहरुलाई चेतावनी दिएका छन् । उनले लेखेका छन् – अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।