फागुन कृष्ण पक्षको चतुर्दशीका दिन महाशिवरात्रि पर्व मनाइन्छ । माता पार्वती र भगवान शिवको विवाह महाशिवरात्रिको दिन भएको थियो । महाशिवरात्रिमा महादेवको पूजा गर्नु धेरै महत्त्वपूर्ण छ। महाशिवरात्रिको दिन भगवान भोलेनाथको पूजा गर्नाले विशेष आशिर्वाद प्राप्त हुने जनविश्वास रहेको छ ।
धार्मिक मान्यता अनुसार महाशिवरात्रिका दिन महादेवको पूजा, आराधना र मन्त्र जप गर्नाले ग्रह दोष र अशुभ दूर हुनुका साथै सुख, ऐश्वर्य र सौभाग्यको पनि प्राप्ति हुन्छ ।
महाशिवरात्रिको शुभ अवसरमा यदि तपाईं भगवान शिवको आशीर्वाद प्राप्त गर्न चाहनुहुन्छ भने, तपाईंले उहाँलाई प्रसन्न पार्न शिवको मन्त्रको जप गर्नुपर्छ। जानौं भगवान शिवको कुन मन्त्रको जप गर्नाले वांछित वरदान प्राप्त हुनेछ ।
ॐ ऊर्ध्व भू फट्
। ॐ नमः
शिवाय । ॐ ह्रीं ह्रौं नमः
शिवाय ।
ॐ नमो भगवते
दक्षिणामूर्त्तये मह्यं मेधा प्रयच्छ
स्वाहा ।
ॐ इं क्षं
मं औं अं
। ॐ प्रौं
ह्रीं ठः ।
ॐ नमो नीलकण्ठाय
। ॐ पार्वतीपतये
नमः । ॐ पशुपतये नम:।
महाशिवरात्रिको दिन रुद्राक्षको मालाले यस मन्त्रको ११ पटक जप गर्नुपर्छ । यसबाट मनको हरेक इच्छा पूरा हुन्छ।
ॐ अघोराय नम:
ॐ शर्वाय नम:
ॐ विरूपाक्षाय नम:
ॐ विश्वरूपिणे नम:
ॐ त्र्यम्बकाय नम:
ॐ कपर्दिने नम:
ॐ भैरवाय नम:
ॐ शूलपाणये नम:
ॐ ईशानाय नम:
ॐ महेश्वराय नम:।
यस मन्त्रमा भगवानका १० वटा नाम छन् जसको जप गर्दा हरेक मनोकामना पूरा हुन्छ र मोक्ष प्राप्त हुन्छ । महाशिवरात्रि वा हरेक सोमबार जप गर्न सकिन्छ।
ॐ तत्पुरुषाय विदमहे, महादेवाय धीमहि तन्नो रुद्र: प्रचोदयात्।
यसलाई रुद्र गायत्री मन्त्र भनिन्छ। महाशिवरात्रिमा यो जप गर्नाले जीवनका सबै दु:ख हट्छ।
नागेन्द्रहाराय
त्रिलोचनाय
भस्माङ्गरागाय महेश्वराय ।
नित्याय शुद्धाय दिगम्बराय
तस्मै नकाराय नमः
शिवाय
महाशिवरात्रिमा शिव पूजा गर्दा यो मन्त्रको जप गर्नुपर्छ । यसले मानसिक शान्ति मिल्छ र काममा ध्यान बढाउँछ। यो मन्त्रले तपाईलाई समस्याबाट पनि मुक्त गराउँछ ।