मधुमेह र कोभिड-१९

Nepal Om ३ वर्ष अघि
  • काठमाडाैं । हामी अहिले कोरोन महामारीको पीडामा छौं। कोरोनाको महामारी सन् २०१९ को डिसेम्बर सुरु भएर अहिलेसम्म रहिरहेको छ । संसारभरिका हामी सबै मानव रोगबाट आक्रान्त छौं ।

    एकप्रकारको कोरोना भाइरसबाट हुने कोभिड – रोग एकअर्कामा सर्न सक्ने सरिसकेपछि यसबाट जानलेवा बिरामी हरे बिरामीको छाती खराब भएर भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा पनि आ हुनाले समाजमा व्यापक त्रास छ मधुमेह, ब्लडप्रेसर र मुटुका रोगील यो रोगले बढी पेल्न सक्छ भन्ने बुझाइ मनमा राख्नुपर्छ । तर मधुमेह रोगीलाई यो रोग बढी सर्न सक्छ भन्ने होइन सावधानी अपनाएक अरुसरह मधुमेहका रोगी पनि यस रोगबाट जोगिन सकिन्छ ।

    जस्तै बेलाबेलामा साबुन-पानीले हात धुने गर्नुपर्छ । हातमा यो कीटाणु से मुख, नाक अथवा आँखामा छोइयो भने त्यसको माध्यमबाट शरीरमा पस्न सक्छ । अर्को नाक-मुख छोपिने खालको मास्क लगाएर हिँड्ने गर्नुपर्छ । मैले धेरै जना बिरामीले मास्क चलाइरहने गरेको देख्छु, त्यस्तो गर्नु हुँदैन । मास्कलाई कानमा अडाउने डोरीमा मात्र समाउने गर्नुपर्छ । मास्कलाई तलमाथि चलाइरहने गर्नु हुँदैन । सकेसम्म मधुमेहका बिरामी र वृद्धवृद्धाल हुलमुलमा जाने काम गर्नु हुँदैन । मेरा बिरामीहरूले लकडाउनका कारण व्यायाम गर्न पाइन भनेको सुन्छु । घरै भित्र पनि म्युजिक लगाएर व्यायाम गर्न पनि सकिन्छ । योगा व्यायाम गर्न सकिन्छ ।

    जीउ चलायमान राख्ने उपाय आफैँ निकाल्न पनि सकिन्छ । खानपानलाई सकेसम्म अव्यवस्थित गर्नु हुँदैन । सकेसम्म सागसब्जीको मात्रा मिलाएर खाने गर्नुपर्छ । यदि सुगरलाई नियन्त्रण गरेको खण्डमा, ज्यानमा फुर्ती भएको खण्डमा, ब्लडप्रेसर नियन्त्रण भएको खण्डमा, औषधि सेवन गरेर राम्रै भएको खण्डमा कोरोनाले पेल्ने सम्भावन अझै कम हुन्छ ।

    चाहे त्यो कोभिड-१९ रोग होस्, कुनै टीबीको संक्रमण होस्, चाहे टाइफाइड होस् जुन रोगले पनि मधुमेह अनियन्त्रित भएको अवस्थामा पेल्न सक्ने हुनाले हामीले नियन्त्रित घेरोमा राखेर, नापेर नर्मलको वरिपरि ब्लडप्रेसर राख्ने । नियमित औषधि सेवन गर्ने । स्वस्थ भोजन गर्नुपर्छ । कतिले धेरै खाना कन्ट्रोल गर्नुहुन्छ त्यस्तो गर्न पनि हुँदैन । व्यवस्थित रूपले मात्रा मिलाएर खानुपर्छ । यस्तो गयो भने कोभिड-१९ लागिहाल्यो भने पनि त्यसले पेल्ने सम्भावना कम हुन्छ ।

    हामी सबैले आफू मात्र होइन संसारभरिका सबै मान्छे यसबाट पीडित भएका छौं । हामी सबै मानव समुदायले हाम्रो जीवन स्वस्थ कसरी बनाउने ? रासायनिक पदार्थहरूबाट जोगिएर प्रकृतिले दिएको स्वस्थ भोजन गरेर, प्रसन्न चित्त राखेर, व्यायाम गरेर, आफ्नो प्रकृतिलाई पनि जोगाएर विनाश खाले विकास होइन कि हाम्रो प्रकृतिलाई पनि जोगाउने विकास गरेर हामी सबै मिलीजुलीकन एकअर्काको सहयोग गरेर बाँच्न सिकौ भन्ने हामीलाई यो कोभिड-१९ ले प्रेरणा दिएको छ । यही किसिमको उद्देश्य लिएर हामी मधुमेह रोगसँग पनि भिड्न सक्दछौं । साभार डा.ज्याेति भट्टाराइद्वारा लिखित पुस्तक ‘चिनी राेगसँग जिउने तरिका’बाट